19 May, 2020 6:17 pm


मरेपनि घरमै मर्ने हो आईसोलेसन जाँदैनौ – बाकेका कोरोना संक्रमित

 


नेपालगन्ज । कोरोना भाइरसको संक्रमण पुष्टी भएका संक्रमितहरुलाई उपचारका लागि लिन गएको एम्बुलेन्सलाई बांकेको नरैनापुरमा अवरोध गरिएको छ ।

सोमबार पुष्टी भएका ५९ जना संक्रमितहरुलाई नेपालगन्जको डेन्टल अस्पताल र खजुराको क्यान्सर अस्पतालमा राखि उपचारगर्ने निर्णय भएसंगै आई एन एफ र नेपाली सेनाको एम्बुलेन्स उनीहरुलाई लिन नरैनापुर गएको थियो । संक्रमित लिन गएको एम्बुलेन्सलाई स्थानीयबासीले घेरेर बिरामी राख्न नदिएको प्रहरीले जनाएको छ । स्थानीयबासी र संक्रमित स्वयंले नेपालगन्ज आउन नमानेको हुन । उनिहरुले मरेपनि घरमै मर्ने हो भनेर जिद्दी गरेको जिल्ला प्रहरी कार्यालय बांकेका प्रवक्ता डिएसपी शिव बहादुर सिंहले बताउनु भयो । महिलाहरुलाई अगाडी राखेर एम्बुलेन्स क्वारेन्टाईन सम्म जान नदिएको पिएसपी सिंहले बताउनु भयो ।

क्वारेन्टाईन वरिपरि ठुलो संख्यामा स्थानीयबासी जम्मा भएकाछन् र उनीहरुले संक्रतिमहरुलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गराउनुपर्ने माग गरेका छन् । स्थानीय लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा बिद्युत, उपकरण लगायतको सुबिधा नभएपछि आजमात्र बिपद ब्यवस्थापन समितीले नेपालगन्जमा आइसोलेसन बनाई उनीहरुलाई राख्ने निर्णय गरेको थियो ।

एता कोहलपुर स्थित कृषि बिकास बैंकको तालिम केन्द्र पिपरीमा समेत संक्रमितलाई राखेर उपचार गर्ने प्रशासनले निर्णय गरेपनि संक्रमितलाई पिपरी ल्याउन नदिने भन्दै स्थानीयबासीले नारा जुलुस निकालेकाछन् । संक्रमण फैलिन सक्ने भन्दै तालिम केन्द्र वरपरका स्थानीयबासीले प्रदर्शन गरेका कारण अवरोध सिर्जना भएको डिएसपी सिंहले बताउनु भयो ।

दुबै तर्फ प्रहरीको थप शक्ति परिचालन गरिएको र स्थानीय पालिकाहरुलाई सहजिकरणका लागि अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय बांकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकेरेलले बताउनु भयो । स्थानीय जन प्रतिनिधिले समन्वय नगरेको प्रशासनको गुनासो छ ।

अवरोधका बिषयमा सम्पर्क गर्न खोज्दा कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतको मोबाईलमा दर्जनौ पटक सम्पर्कहुन नसक्ने बनाएकाछन् । संक्रमितले आउन नमान्ने, स्थानीयले लैजान नदिने र आईसोलेसन अरपरका स्थानीयबासीले अवरोध गरेपछि सोमबार संक्रमण पुष्टी भएकाहरुको उपचार अन्यौलमा परेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board