19 May, 2020 3:48 pm


भारतलाई प्रधानमन्त्रीको कडा प्रश्न – सत्यमेव जयते कि सिंहमेव जयते ?


काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतसामु लिम्पियाधुरा, कालापानी र लिपुलेकमा सत्यको जित हुन्छ कि हुन्न भनेर प्रश्न गर्नुभएको छ । यो भूमि नेपालको भएको र त्यसलाई फिर्ता ल्याइछाड्ने सरकारको दृढता भएको उहाले बताउनुभयो । तर, पछिल्लो समय जे लक्षण देखिएको छ, त्यसले सजिलो छैन भन्ने देखाएको भन्दै प्रधानमन्त्री ओलीले भारतलाई प्रश्न गरेका गर्नुभएको छ , ‘सत्यमेव जयते कि सिंहमेव जयते ?’
प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषय अब ओझेलमा पर्न समेत बताउनुभयो । ‘यसको निष्कर्ष निकालिन्छ । हाम्रो भू–भाग फिर्ता लिइछाड्छौं’ उहाले भन्नुभयो ।

कूटनीतिक संवादमार्फत नेपाली भूमि फिर्ता लिन सकिने सरकारको विश्वास रहेको उहाले बताउनुभयो । तर, भूमि फिर्ता सजिलो छैन भन्ने देखिएको भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो , ‘भारतको एउटा प्रतीक चिह्न छ भारत भनेर चिनिने । अशोकाले स्थापना गरेको चार मुखे सिंह । त्यसको मुनि सत्यमेव जयते लेखेको छ । म सोध्नेवाला छु सत्यमेव जयते कि सिंहमेव जयते ?’

उहाले भन्नुभयो ‘नेपाल विश्वास गर्छ, सत्यमेव जयते । हामी हाम्रो भूमि फिर्ता गर्न सक्छौं किनभने सत्यमेव जयते ।’

प्रधानमन्त्रीले बोलेको शब्दको अर्थ यस्तो

सत्यमेव जयते – यसको अर्थ हुन्छ सत्यको नै विजय हुनेछ, असत्यको होइन । सत्यमेव जयते भन्ने आदर्श वाक्य मुण्डकोपनिषद्को ३।१।६ को मन्त्रको हो । जसमा भनिएको छ ?

सत्यमेव जयते नानृतम सत्येन पंथा विततो देवयानः।
येनाक्रमंत्यृषयो ह्याप्तकामो यत्र तत् सत्यस्य परमम् निधानम् ॥

जसको अर्थ हुन्छ – ‘सत्य’ को नै विजय हुनेछ, असत्यको होइन । ‘सत्य’द्वारा नै देवताहरूको यात्रा (पथ) विस्तीर्ण भएको छ । आप्तकाम ऋषिगण त्यही ठाउँमा विद्यमान रहन्छन् जहाँ सत्य रहेको हुन्छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board