अतिक्रमित भूमि फिर्ता ल्याउन नेपाल सफल हुन्छः प्रधानमन्त्री


काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गर्न नेपाल सफल हुने बताउनुभएको छ । नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिनिधिसभामा आज जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारले नेपालको नयाँ राजनीतिक नक्सा तयार गरेसँगै यसले नेपालको मानचित्रमा परिवर्तन आएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामी सत्य र न्यायको पक्षमा छौँ । हामी भारतसँग कुरा गरेर हाम्रो कूटनीतिक वार्ताका माध्यमबाट भूमि फिर्ता गराउनेछौँ ।”
मन्त्रिपरिषद्को बैठकले पास गरेको नेपालको नयाँ नक्सालाई सरकारी छाप, निशान र पाठ्यक्रम आदिमा परिवर्तन हुने पनि उहाँले स्पष्ट गर्नुभयो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति