19 May, 2020 10:19 am


रंगशालामा राखिएका ‘डमी’ दर्शक ‘सेक्स डल’ परेपछि कोरियन क्लबले माग्यो माफी (फोटोफिचर)

एजेन्सी, ६ जेठ । कोरोना महामारीकाबीच व्यवसायीक फुटबल लिग सुचारु गराएको कोरियन के–लिग आलोचित बन्न पुगेको छ ।

अनिवार्य सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका कडा नीति अवलम्बन गरेको के–लिग रंगशालामा राखिएका डमी दर्शकका कारण आलोचित बनेको हो ।

आइतबार एफसी सियोल र ग्वाँजिउ एफसीबीच भएको खेलमा खाली रंगशालामा डमी दर्शक राख्ने निर्णय भएको थियो ।

खाली रंगशालामा खेलाइने खेलको वातावरण कसरी खेलकुदमय बनाउन सकिन्छ भन्ने विषयमा चिन्तित बनेका आयोजकलाई ‘डल्कम’ कम्पनीले रंगशालाको खाली सिटमा डमी दर्शकका रूपमा आफ्नो डल राख्न आग्रह गरेपछि एफसी सियोलले सहमती जनाएको थियो ।

खेल सुरु भएको केही क्षणमा घरै बसेर अनलाइनमार्फत हेरिरहेका दर्शकहरूले रंगशालामा राखिएका डमी दर्शकहरू सामान्य किसिमका डल नभइ सेक्स डल रहेको भन्दै क्लब र व्यवस्थापनको आलोचना सुरु गरेका थिए ।

यस्तै, राखिएका डमी दर्शक ‘सेक्स डल’ रहेको पुष्टि भएपछि एफसी सियोलले आफ्नो लज्जास्पद कार्यको लागि सबैसँग माफी मागेको छ ।

सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा माफी माग्दै क्लबले आफ्नो योजना रंगशालाको वातावरण खेलकुदमय बनाउने मात्र रहेको र प्रस्ताव गर्ने कम्पनीको असावधानीका कारण गलत डल रंगशालामा आएकोमा क्षमा याचना मागेको छ ।

रंगशालमा राखिएका ३० डमी दर्शकमध्ये २८ महिला र दुई पुरुष रहेका थिए । बीबीसीका अनुसार राखिएका केही डमीमा पोर्न साइटहरूका विज्ञापनसमेत राखिएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board