19 May, 2020 10:11 am


जर्मेनका स्टार केलियन एम्बाप्पे अर्का फरवार्ड नेयमार भन्दा उत्कृष्ट

काठमाडौं, ६ जेठ ।  ईटालियन डिफेन्डर जर्जियो चिलिनीले पेरिस सेन्ट जर्मेनका स्टार केलियन एम्बाप्पे अर्का फरवार्ड नेयमार भन्दा उत्कृष्ट रहेको बताएका छन् ।

सन् २०१६ मा च्याम्पियन्स लिगको फुटबल खेल हेरेपछि उनले एम्बाप्पे कुन ग्रहबाट आएको भनेर सोधेको खुलासा समेत गरेका छन् ।

ईटालियन क्लब युभेन्ट्सबाट खेल्ने चिलिनीले लिग वानका सर्वाधिक गोलकर्ता एम्बाप्पेले वालेन डी ओरको बिजेता बन्ने क्षमता राख्ने बताए । उनले क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीपछि एम्बाप्पे वालेन डी ओरको हकदार बन्ने बताएका छन् ।

एम्बाप्पेले यस सिजन ३३ खेलमा ३० गोल गरेका थिए । सर्वाधिक गोल गरेको भन्दै उनले यस सिजन लिग वानमा गोल्डेन बुट समेत प्राप्त गरे । कोरोना भाईरसको महामारीका कारण सिजन रद्ध भएपछि पीएसजीलाई लिग च्याम्पियन घोषणा गरिएको थियो ।

‘को हुन्छ विश्वको सर्वोकृष्ट खेलाडी, जसले रोनाल्डो र मेस्सीपछि वालेन डी ओर जित्न सक्छ रु उनी फ्रेन्च फरवार्ड केलियन एम्बाप्पे हुन् । उनी निशर्त फरक खेलाडी हुन् ।’ ईटालियन डिफेन्डरले भने ।

‘मैले उनलाई पहिलो पटक टिभीमा देखेको थिए । जतिबेला उनले सन् २०१६÷१७ को च्याम्पियन्स लिग खेल्दै थिए । म्यान्चेष्टर सिटीबिरुद्ध मोनाकोबाट उत्रिएका उनले प्रभाव जमाएका थिए ।’ उनले थपे ।

‘पहिलो हाफको अन्तिममा मैले फाबियो पाराटिसीसंग सोधे, उनी को हुन् रु कुन ग्रहबाट आएका हुन् ’ चिलिनीले थपे, ‘फाबियोले भने, हो, मलाई थाहा छ । हामीले केही समयदेखि उनीबारे जानेका छौ । उनी नरोकिने फरवार्ड हुन् । उनी मात्र १८ बर्षमा थिए ।’

‘हामी सेमिफाईनलमा उनीसंग युरोपको सिजनमा भिड्नेछौ । उनी २१ बर्ष पुगेका छन् । उनी विश्व च्याम्पियन भैसकेका छन् । उनीसंग कुनै चिजको कमी छैन ।’ चेलिनीले भने ।

‘उनी त्यस्ता खेलाडी हुन्, जसले प्रभाव पार्न सक्छन् । उनी मास्टरपिस हुन् । मलाई पनि लाग्छ, एमबाप्पे नेयमार भन्दा उत्कृष्ट छन् । उनी स्थिर छन् । भविष्य सबै उनको हातमा छ ।’ चेलिनीले थपे । एजेन्सी

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board