19 May, 2020 10:08 am


डी लिट किन्ने बार्सिलोनालको प्रस्ताव अस्विकार

काठमाडौं, ६ जेठ ।  युभेन्ट्सले डिफेन्डर म्याथिज डी लिटका लागि बार्सिलोनाले राखेको ६६ मिलियन पाउण्डको प्रस्ताव अस्विकार गरेको छ ।

डी लिटलाई बार्सिलोनाले लामो समयको लक्ष्यको रुपमा राखेको छ । स्पेनिस क्लब गत समरमा उनलाई अनुबन्ध गर्न असफल रहेको थियो ।

बार्सिलोनाको प्रस्ताव अस्विकार गर्दै उनी गत सिजन ईटालियन च्याम्पियन युभेन्ट्स आएका थिए ।

सोही मुल्य राखेर बार्सिलोनाले पुन युभेन्ट्सलाई डी लिट लैजाने प्रस्ताव राखेको हो ।

पहिलो सिजन डी लिटका लागि सिरि ए क्लबको बसाई सुखद रहन सकेन । उनी लयमै देखिन निकै संघर्ष गर्नुपरेको छ । तर उनी टुरिन क्लबमै आफु जम्न चाहन्छन् ।

२० बर्षिया डिफेन्डर गर्लफ्रेन्ड सहित ईटालीमा रहेका छन् । उनी टुरिन क्लबमै लामो समय बिताउन चाहन्छन् । ईटालीमा लामो समय बस्न उनले तयारी समेत गरेका छन् ।

स्पेनिस क्लब बार्सिलोना र युभेन्ट्सबीच राम्रो सम्बन्ध छ । तर तत्काल युभेन्ट्स डी लिटलाई स्पेनमा बेच्न चाहदैन । डी लिटलाई युभेन्ट्सको भविष्यको रुपमा हेरिदै आईएको छ ।

पछिल्लो दशक लियोनार्दो बोनुची र जर्जियो चिलिनीले युभेन्ट्सको डिफेन्सको जग हालेका थिए । डी लिटको नेतृत्वमा युभेन्ट्सले सोही आश राखेको छ ।

मुख्य फुटबल अधिकारी फाबियो पाराटिसीका अनुसार क्लब डी लिटलाई दिर्घकालिन परियोजनाको रुपमा अघि बढाउन चाहन्छ । उनका अनुसार युभेन्ट्स डी लिटलाई यस अवस्थामा बाहिर पठाउने कुनै ईच्छा राख्दैन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board