19 May, 2020 9:47 am


आज संसदमा प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नका जवाफ दिने


काठमाडौं, ६ जेठ । आज संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नका जवाफ दिने कार्यक्रम तय भएको छ । संसद बैठक मंगलवार मध्याह्न १२ बजे बस्दै छ । प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिइसकेपछि संशोधन प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची संसद सचिवालयले तयार पारेको छ । त्यसपछि नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा आइतबार र सोमबार दुई दिनसम्म छलफल भएको थियो ।

बिभिन्न राजनीतिक दलका तर्फबाट नीति तथा कार्यक्रममा सात वटा संशोधन प्रस्तावसमेत परेको छ । यसैवीच सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुबारे जवाफ दिने क्रममा मंगलबार प्रधानमन्त्री ओलीले नक्सा परिमार्जनबारे संसदलाई औपचारिक जानकारी दिने कार्यक्रम रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board