19 May, 2020 9:31 am


विश्वमा अमेरिकापछिको दोस्रो रुस : २ लाख ९० हजारमा कोरोना संक्रमण

काठमाडौं, ६ जेठ । साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसबाट रुसमा २ लाख ९० हजारभन्दा बढी संक्रमित भएका छन् ।

यो संख्या युरोपकै सबैभन्दा धेरै र विश्वमा अमेरिकापछिको दोस्रो । त्यहाँ एकै दिन ८ हजार ९२६ जनामा संक्रमण देखिएको छ । योसँगै २ लाख ९० हजार ६७८ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ९१ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या २ हजार ७२२ पुगेको छ ।

२ लाख १७ हजार ७४७ जनाको उपचार भइरहेको छ भने ७० हजार २०९ जना संक्रमणमुक्त भएका छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board