मन्त्रिपरिषद्को यो निर्णय इतिहासको पानामा सुवर्ण अक्षरले लेखिन्छ : मन्त्री भट्टराई

काठमाडौं, ६ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सोमबारको मन्त्रिपरिषद्को निर्णय इतिहासको पानामा सुवर्ण अक्षरले लेखिने बताउनुभएको छ ।

मन्त्रिपरिषद्को बैठकले लिम्पियाधुरासहितको भूमि समेटेर तयार पारिएको नेपालको नक्सा पारित गरेपछि मन्त्री भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो बताउनुभएको हो ।

उहाँले सोमबारको निर्णय युग युगसम्म हाजिरी जवाफमा सोधिने प्रश्नका रुपमा अमर रहने पनि दाबी गर्नुभएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद पनि दिनुभएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति