पार्टीनिर्णय विपरित अमेरिकी सहयोग परियोजना (एमसिसी) अगाडि बढाइएको भन्दै प्रधानमन्त्रीलाई नेता द्धयको पत्र (पत्रसहित)

 

काठमाडौं, ५ जेठ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता झलनाथ खनाल र स्थायी समिति सदस्य भीम रावलले पार्टीनिर्णय विपरित अमेरिकी सहयोग परियोजना (एमसिसी) अगाडि बढाइएको भन्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेखेका छन्।

खनाल र रावलले पठाएको पत्रमा आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा नेपाल सरकार र एमसिसीबीच भएको सम्झौतामा उल्लेखित विद्युत लाइनसम्बन्धी आयोजना उल्लेख भएकाले पार्टी निर्णय तथा कार्यदलको प्रतिवेदनबारे पुनःस्मरण गराइएको उल्लेख छ।
नेकपाले गत माघमा एमसिसीबारे सुझाव दिन बरिष्ठ नेता खनालको संयोजकत्वमा स्थायी समिति सदस्य रावल र परराष्ट्रमन्त्री एवम् स्थायी समिति सदस्य प्रदीप ज्ञवाली सदस्य रहेको आयोग गठन गरेको थियो।

२०७६ साल माघ १५ देखि १९गतेसम्म काठमाडौंमा आयोजित नेकपाको दोस्रो पूर्ण बैठकमा उक्त सम्झौताका सम्बन्धमा व्यापक छलफल भएको थियो। अधिकांश केन्द्रीय सदस्यहरू नेपालको राष्ट्रिय हित र स्वाधीनतामा आँच पुग्नेगरी कुनै सम्झौता गरिनुहुन्न भन्ने धारणा व्यक्त गर्नुभएको थियो, पत्रमा भनिएको छ, ।

यस्तो छ पत्र

vim

 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति