थप १८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३७५ पुग्यो

काठमाडौं, ५ जेठ । नेपालमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमितको संख्या ३७५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार राती १०:१५ बजे सार्वजनिक गरेको विवरण अनुसार धनुषा, खोटाङ, बाँके, दैलेख, सुनसरी र झापामा गरी १८ जनामा संक्रमण देखिएको हो।

आजै सोमबार विहान ९ र दिउसो ५३ गरी ६२ जनामा कोरोना संक्रमण देखिएको थियो। राती थपिएका १८ सहित सोमबार मात्र ८० जना संक्रमित थपिएका हुन्।

नेपालमा हालसम्म २ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ भने ३७ जना उपचारपछि निको भएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति