18 May, 2020 10:52 am


जर्मन बुन्डेसलिगा : बायर्न म्युनिखको ४ अंकको अग्रता

काठमाडौँ, ५ जेठ  । जर्मन बुन्डेस लिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले फेरि ४ अंकको अग्रता बनाएको छ । आइतबार राति बर्लिनलाई २–० गोल अन्तरले पराजित गर्दै दोस्रो स्थानको बोरसिया डर्टमण्डसँग ४ अंकको दूरी बनाएको हो । बायर्नलाई सहज जित दिलाउने क्रममा रोबर्टो लेवान्डोस्की र बेन्जामिन पाभार्डले एक एक गोल गरेका थिए ।

बर्लिनको घरेलु मैदानमा बायर्नका थोमस मुलरले पहिलो हाफको १८ औं मिनेटमा गोल गरे पनि भीएआरले मान्यता दिएन । ४० औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेको बायर्नले ८१ औं मिनेटमा पाभार्डले गोल थप्दै २–० को जित दिलाए ।

लिग अन्तर्गत आइतबार राति नै भएको पहिलो खेलमा खेलमा मैन्ज र क्लोनले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board