भारतमा ९५ हजारमा कोरोना भाइरसको संक्रमण, मृतक संख्या ३ हजार नाघ्यो

काठमाडौं,५ जेठ ।    भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार २५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप १५४ जनाको मृत्यु भएको छ । एकै दिन थप ५ हजार ५० जनामा संक्रमण देखिएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या ९५ हजार ६९८ पुगेको छ ।

कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म कायमै राख्ने निर्णय गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति