भारतले दियो ३० हजार व्यक्तिलाई जाँच्‍न पुग्‍ने पीसीआर किट

काठमाडौं, ४ जेठ ।  भारतले नेपाललाई ३० हजार व्यक्तिको स्वास्थ्य जाँच गर्न पुग्ने कोभिड–१९ पीसीआर टेस्ट किट सहयोग गरेको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई माइल्याबले उत्पादन गरेका ती किट हस्तान्तरण गर्नुभएको हो ।

भारतीय दूतावासका अनुसार आइतबार बिहान मन्त्रालयमै पुगेर राजदूत क्वात्राले मन्त्री ढकाललाई ती सामग्री हस्तान्तरण गर्नुभयो ।  दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भारतीय जनताका तर्फबाट नेपाली जनताका लागि उपहारस्वरूप प्रदान गरिएका टेस्ट किटको सहयोगले नेपालका स्वास्थ्यकर्मीले तीस हजार व्यक्तिको पीसीआर परीक्षण गर्न सक्नेछन् ।’

यसअघि वैशाख १० मा राजदूत क्वात्राले नेपाल सरकारलाई २३ टन औषधि हस्तान्तण गरेका गर्नुभएको थियो । ‘औषधि र परीक्षण किट हस्तान्तरणले कोभिड–१९ महामारीले निम्त्याएको साझा चुनौतीविरुद्ध तयार रहन, सामना गर्न तथा एकसाथ लड्न दुई देशका नेता एवं जनताबीचको जारी सहकार्यलाई दर्साउँछ,’ विज्ञप्तिमा उल्लेख छ ।

दूतावासले चुनौतीको घडीमा भारत सरकारले नेपाल सरकार, स्वास्थ्यकर्मी तथा नेपाली जनतासँग ऐक्यभाव जनाएको उल्लेख गरेको छ ।

यसैवीच पराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञावलीले भारतिय सहयोगको लागि धन्यवाद दिनु भएको छ । उहाँले आफ्नो ट्वीटर एकाउण्ड मार्फत भारत सरकारलाई धन्यवाद दिनुभएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति