जिल्लामा कोरोना संक्रमित बढ्दै, लकडाउन विपरित कार्य तिब्र, प्रशासन मौन


रौतहट, ४ जेठ  । रौतहट र विश्व व्यापी महामारीको रुपमा रहेको कोभिड(१९ को संक्रमण कम गर्न तथा रोकथामको लागि नेपाल सरकारले गरेको बन्दाबन्दी रौतहटको स्थानीय तहहरुमा उलंघन भएको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटले लकडाउन कडा पार्न अति आवश्यक एम्बुलेन्स, औषधी पसल, पेट्रोल पम्प र दमकल मात्रै संचालन गर्न सूचना जारी गरेको भए पनि त्यसको बेवास्ता गर्दै जिल्लाको गुजरा नगरपालिकामा दर्जनौ टिपर संचालनमा छन् ।

रौतहटमा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गए पनि यहाँको प्रशासनकै निर्देशनमा ब्यापक रुपमा लकडाउनको उलंघन हुदैँ आएको छ १ जिल्लामा आज आइतबार मात्रै राजपुर र इशनाथ नगरपालिकामा थप १० जना कोरोना संक्रमितको संख्या बढेको छ तर लकडाउन उलंघन हुदाँ समेत प्रशासनले कुनै चासो नलिदा स्थानीय आतंकित बनेका छन् ।

विकासको बहानामा ठेक्केदारहरुले जिल्लाको दक्षिणी भेगमा बिग्घौँ बिग्घा जमिन भाडामा लिएर नदी जन्य वस्तु भण्डारण गर्दै आएको समेत पाइएको छ ।

राष्ट्रिय गौरवका आयोजनाको काम अधुरो हुने भन्दै प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसँग ठेक्केदार कम्पनीले टिपर संचालन गर्न अनुमति लिएको भए पनि अनुमति बिपरित गुजरा नगरपालिकाको बकैया खोलाको ठेक्का पाएका ठेक्केदारहरुले लकडाउनले आफुहरू घाटामा पर्ने भन्दै खोलाबाट अनाधिकृत तरिकाले नदी जन्य वस्तु निकालेर भण्डारण गर्दा समेत स्थानीय प्रशासन मुकदर्शक भएर बसेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।

जिल्लाको गुजरा नगरपालिकामा विकास निर्माणको नाममा ३ दिन देखि दर्जनौ टिपरले लकडाउनको उलंघन गर्दै खोला दोहन गर्दै आएको भए पनि स्थानीय प्रशासन र नगरपालिकाले बेवास्ता गर्दै आएको स्थानीय बासिन्दा निरोज पोखरेलले बताए १ त्यसै गरी स्थानीयले टिपर संचालनको बिरोध गर्दै प्रहरीलाई जानकारी गराउदा समेत माथिको आदेश भन्दै प्रहरी पन्छिने गरेको वडा नम्वर ४ का वडा अध्यक्ष पवन राज गिरीले बताए ।

स्थानीय पुरै कोरोनाको आतंकले त्रसित छन तर पनि कमिशनको खेलले लकडाउन उलंग्घन गर्दै दर्जनौ टिपर अनाधिकृत तरिकाले खोला दोहन गरेर जिल्लाको दक्षिणी भेगमा लैजादा समेत नगर प्रमुख मौन बस्नु गलत भएको समेत अध्यक्ष गिरीले बताएका छन ।

विकासको नाममा खोलाबाट नदी जन्य वस्तु दोहन गरेर भण्डारण गर्ने गरेको छ नि भन्ने जिज्ञासामा आफूलाई थाहा नभएको र यदि त्यस्तो काम भए नभए पनि आज देखि टिपर संचालनमा रोक लगाउने नगर प्रमुख सन्तलाल चौधरीले बताएका छन भने केही बेर अघि मात्रै स्थानीय बासिन्दाहरू भेला भएर टिपर संचालनमा रोक लगाएका छन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति