17 May, 2020 9:53 am


कोरोनाबाट मृत्यु भएको महिलाप्रति प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली व्यक्त

 

काठमाडौँ, ४ जेठ । प्रधानमन्त्री तथा नेपला कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कोरोनाको संक्रमणमा परि ज्यान गुमाउनुभएकी सिन्धुपाल्चोक निवासी सुत्केरी महिलाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

नेपाल सरकारले कोरोनाकै कारणले कसैले पनि ज्यान गुमाउनु नपरोस् भनि उच्च सतर्कता तथा व्यवस्थित तरिका अपनाए पनि सुत्केरी महिहलाको मृत्यु हुनुले आफु दुःखीत भएको उल्लेख गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्नुभएको हो ।

उहाँले आफ्नो सामाजिक सञ्जाल ट्वीटमा भन्नुभएको छ, ‘कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बावजुद सिन्धुपाल्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ । मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु ।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board