प्रधानमन्त्रीबाट मन्त्रिपरिषद् बैठकको आह्वान

काठमाडौं, ४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
कोरोना भाइरस संक्रमण रोकथामका लागि छैटौंपटक थप गरिएको लकडाउनको म्याद थपबारे निर्णय गर्न र समसामयिक विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बोलाइएको हो । ०७६ साल चैत ११ गतेदेखि सुरु भएको लकडाउनको छैटौंपटक थपिएको म्याद सोमबार सकिँदैछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति