थप १० जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २९१ पुग्यो

काठमाडौं, ४ जेठ । नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कोरोना संक्रमितको संख्या २ सय ९१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको आइतबार बिहानको सूचना अनुसार रौतहट राजपुर नगरपालिका फरहदवा ९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षीय पुरुष छन्। त्यस्तै, इशना नगरपालिका ३ र ५ निवासी २८, ३० र ३३ वर्षीय पुरुषहरु छन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति