शङ्कास्पद मृतक सुत्केरीको चालिसे गाउँमा प्रहरी परिचालन: प्रहरीले सुरक्षा कडा पार्यो


सिन्धुपाल्चोक, ३ जेठ  । बाह्रबिसे नगरपालिका–९ की सुत्केरी महिलाको उपचारको क्रममा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखा परेर धुलिखेल अस्पतालमा मृत्यु भएपछि बाह्रबिसे नगरपालिकामा लक डाउन थप कडाइ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधव काफ्लेले दिनुभएको जानकारीअनुसार बाह्रबिसे नगरपालिका छिर्ने सिमानामा प्रहरी थप परिचालन गरिएको छ ।

गाउँका कसैलाई कतै जान नदिन प्रहरीले थप कार्य अघि बढाएको छ । मृतकको चालिसे गाउँमा प्रहरी परिचालन गरी घर बाहिर निस्कन नदिइने बताइएको छ ।

इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले आउजाउ गर्ने सबै बाटोमा प्रहरीले उच्च निगरानी बढाएको बताउनुभयो । सुत्केरी महिलाको पीसीआर रिपोर्टको आधारमा गाउँ सिल गर्ने जानकारी दिइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति