धुलिखेल अस्पतालमा कोरोनासँग सम्बन्धित लक्षण मिल्नेएक महिलाको निधन , अस्पताल नै ‘सिल’

काठमाडौं, ३ जेठ । उपचारका लागि धुलिखेल अस्पतालमा लगिएकी एक महिलाको निधन भएपछि अहिले अस्पताल नै ‘सिल’ गरिएको छ। ९ दिनकी सुत्केरी ती महिलाको कोरोना परीक्षण रिपोर्ट शंकास्पद आएपछि अहिले अस्पताल नै सिल गरिएको हो।

स्वासप्रस्वासमा समस्या देखिएपछि ती महिलालाई बिहीबार अस्पताल ल्याइएको अस्पतालको भेन्टिलेटरमा राख्ने क्रममा उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ। महिलाको संकास्पद मृत्यु भएपछि कोरोनाको आशंकामा उनको स्वाब धुलिखेल अस्पतालमै परीक्षण गरिएको थियो। त्यसको रिपोर्ट क्लियर नआएपछि उनको स्वाब थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमामा लगिएको अस्पताल स्रोतले जनाएको छ।

‘स्वास्सप्रस्वासमा समस्या देखिएपछि एक महिलालाई अस्पतालमा उपचारका लागि ल्याइएको थियो’,  सिन्धुपाल्चोक बाह्रबिसेकी ती महिला ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएर घर फर्केकी थिइन्। सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया यी महिला १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन् । अस्पतालले डिस्चार्ज गरेपछि घर पुगेकी उनको स्वास्थ्यमा समस्या भएपछि पुनः अस्पताल ल्याइएको थियो । कोरोनाभाइरसको पनि उपचार हुने अस्पतालमा भर्ना भएकी उनमा कोरोनासँग सम्बन्धित लक्षण पनि देखिएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति