भारतीय सेना प्रमुखले लिपुलेकबारे आफ्नो भनाइ सच्याउनुपर्छ – नारायणकाजी श्रेष्ठ

काठमाडौं, ३ जेठ ।  नेकपाका नेता नारायणकाजी श्रेष्ठले भारतीय सेना प्रमुखले लिपुलेकबारे आफ्नो भनाइ सच्याउनुपर्ने बताउनुभएको छ ।

भारतीय सेना प्रमुख मनोज नरभानले नेपालले अरु कसैको उस्काहटमा लिपुलेकको विषय नेपालले उचालेको आरोप लगाएका थिए । तर आज नेकपाका प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठले भारतीय सेना प्रमुखको भनाई खण्डन गर्दै फिर्ता लिन आग्रह गर्नुभएको छ ।

ट्वीटमार्फत श्रेष्ठले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भुमि भएको र भारतले नेपालको भुमिमा सडक बनाएको बताउनुभएको छ । उहाँले नेपाल आफ्नो सार्वभौमसत्ता र स्वतन्त्रतामा अडिग रहेको पनि उल्लेख गर्नुभएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति