चीनमा भन्दा भारतमा कोरोना भाइरसका संक्रमित धेरै, एकैदिन १ सय ४ जनाको मृत्यु

काठमाडौं, ३ जेठ ।  नेपालमा पछिल्लो समय देखिएका अधिकांश कोरोना बिरामी कुनै न कुनै रूपले भारतसँग सम्बन्धित छन्। अन्तर्राष्ट्रिय उडान बन्द भए पनि खुला सीमा हुँदै प्रवेश गरेका व्यक्तिहरूमा संक्रमण फेला परेको छ। भारतसँग सीमा जोडिएका तराई जिल्लाहरूमा संक्रमित संख्या बढ्दै जानुको कारण यही हो।

यसले के देखाउँछ भने, जबसम्म भारतमा कोरोना महामारी साम्य हुँदैन, तबसम्म नेपालको जोखिम कम हुँदैन। यही अवस्था हेरेर भारतबाट सामूहिक रूपले वा लुकिछिपी प्रवेश गरेका व्यक्ति पहिचान गरेर कोरोना परीक्षण गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्। नेपालगन्ज लगायत सुदूरपश्चिम क्षेत्रमा यो परीक्षण सुरू भइसकेको छ।

अब प्रश्न उठ्छ, भारतमा कोरोना महामारीको पछिल्लो अवस्था कस्तो छ ?

नेपाल र भारतले लगभग सँगसँगै देशव्यापी लकडाउन सुरू गरेको हो। यसका बाबजुद भारतमा पछिल्लो समय दिनकै हजार–दुई हजारका दरले कोरोना संक्रमित बढ्दै गएको पाइन्छ।

कोरोना भाइरसका संक्रमितको संख्या चीनमा भन्दा भारतमा बढी भएका छन् । थप ३ हजार ७८७ जनामा संक्रमण देखिएसँगै भारतमा कुल संक्रमितको संख्या ८५ हजार ७८४ पुगेको छ ।

उक्त संख्या चीनको भन्दा २ हजार ८५१ ले बढी हो । चीनमा अहिलेसम्म ८२ हजार ९३३ जनामा संक्रमण देखिएको छ ।

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २ हजार ७५३ पुगेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप १०४ जनाको मृत्यु भएको छ ।

५२ हजार ७९७ जनाको उपचार भइरहेको छ भने अहिलेसम्म ३० हजार २३४ जना निको भएका छन् । कोराना भाइरसको ९कोभिड–१९० को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखि लकडाउन जारी गरिए पनि क्रमिक रुपमा खुकुलो बनाउँदै लगिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति