दाङमा पहिलो पटक दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ६७ पुग्यो

काठमाडौ, २ जेठ । नेपालमा थप ९ जनाको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । यो सगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ । जसमा ३६ जना निको भएका छन्।

यसैवीच दाङका दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। गढवा गाउँपालिका निवासी २३ वर्षीय र ३६ वर्षीय युवामा कोरोना संक्रमण भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा संगीता भण्डारीले पुष्टि गनुभयो । उनीहरु लमहीको क्वारेन्टिनमा बस्दै आएका छन्। उनीहरु केही दिन पहिले भारतबाट आएका हुन्। दाङमा यो नै कोरोना पुष्टि भएको पहिलो पटक हो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति