विदेशबाट फर्किएका युवालाई व्यवसाय सुरु गर्न पुँजी उपलब्ध गराइनेछ – राष्ट्रपति भण्डारी

काठमाडौं, २ जेठ ।  सरकारले विदेशबाट फर्किएका युवा तथा बेरोजगार शिक्षितलाई व्यवसाय शुरु गर्न शुरुवाती पुँजी उपलब्ध गराउने घोषणा गरेको छ ।

राष्ट्रपति विद्यादेवी सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताउनु भएको हो । उहाले बेरोजगारलाई शुरुवाती पुँजी उपलब्ध गराउने बताउनुभयो ।

यसअघि पनि स्वरोजगारी सिर्जना तथा आयआर्जन विस्तारका लागि व्यवसाय शुरु गर्न शुरुवाती पुँजी उपलब्ध गराउने उल्लेख गरिदैँ आएपनि कार्यान्वयन फितलो छ । नवप्रर्वतनात्मक स्टार्टअप युवा उद्यमीलाई सुरुवाती पुँजी उपलब्ध गराईने नीति तथा कार्यक्रममा उल्लेख गरेको उहाले बताउनुभयो । उक्त कार्यक्रमका लागि सरकारले चालु आवमा सञ्चालित कार्यक्रमलाई पूर्नसंरचना गरेर कार्यक्रम क्षेत्र बिस्तार गरिनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति