15 May, 2020 5:31 pm


खेत, र बारीका कान्ला र डिलमा समेत तरकारी लगाउने नीति : राष्ट्रपति भण्डारी

काठमाडौं २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै देशमा रहेका खेत, बारी र दिनका कान्ला र डिलमा समेत खेती गर्ने घोषणा गर्नुभएको छ ।
कृर्षिमा देशलाई आर्थिक रुपले नै आत्मनिर्भ बनाउने नीति अन्तर्गत देशको कुनै पनि खेती योग्य जमीन बांझो नराख्ने सकारले नीति अघि सारेको छ ।
कृषकहरुलाई प्रोत्साहित गर्त र उत्पादन बढाउन माटो परीक्षणलाई अभियानकै रुपमा अघि सार्ने राष्ट्रपति भण्डारीले उल्लेख गर्नुभयो ।
संघ, प्रदेश, र स्थानीय तहको समन्वय कृषि उपजको भण्डारण, कृर्षि औजारको उत्पादन, विक्रि वितरण गर्ने नीति सरकारले अघि सारेको छ । खाद्य सम्प्रभुतालाई व्यवहारमा नै लागू गर्न कानुनी व्यवस्था गर्ने समेत राष्ट्रपति भण्डारीले संसदको संयुक्त अघिवेशनमा सम्वोधन गर्दै उल्लेख गर्नुभयो ।
सरकारले सहकारी, सामुनिक र व्यक्तिगत रुपमा समेत खेती गर्न आम कृषक र विदेशबाट फर्केका युवालाई प्रोत्साहित गर्ने नीति सरकारले अघि सारेको छ ।
आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बताउनुभयो । निर्माणाधीन रूपान्तरणकारी तथा ठूला विकास निर्माण आयोजना समयमै सम्पन्न गर्न बजेटको अभाव हुन नदिने उहांले बताउनुभयो ।
यसका लागि सरकारले स्रोत साधनको अधिकतम उपयोग गर्ने सरकारको प्रथामिकतामा रहेको उहांले उल्लेख गर्नुभयो

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board