विद्यालयका पाठ्यक्रममा नागरिकलाई कर्तव्य सम्झाउने विषयहरू समावेश – राष्ट्रपति


काठमाडौं, २ जेठ । सरकारले विद्यालयका पाठ्यक्रममा राष्ट्रिय एकता सुदृढ गर्ने, संस्कृति सम्बर्द्धन गर्ने र नागरिकलाई कर्तव्य सम्झाउने विषयहरू समावेश गरिनेपनि नीति लिएको छ।

शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भन्नुभयो विद्यालयस्तरको पाठ्यक्रममा राष्ट्रिय एकता सुदृढ गर्ने संस्कृति सम्बर्धन गर्ने र नागरिकका कर्तव्य के के हुन् भन्ने कुरा समेत समावेश गरिने उल्लेख छ। सरकारले ६ सय ७ वटा स्थानीय तहमा प्राविधिक तथा व्यवसायीक शिक्षालय खोल्ने बताएको छ।

अहिले भएका शिक्षालय लगायत सबैलाई ६ वर्षभित्र पूर्वाधार सम्पन्न बनाइने पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति