15 May, 2020 5:22 pm


सरकारको कार्यदिशा – स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनर्जागरण

काठमाडौं २ जेठ । सरकारले आगामी वर्षको कार्यक्रममा स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनर्जागरण हुने घोषणा गरेको छ । २०७७।७८ को नीति तथा कार्यक्रममा सरकारले यी क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी सरकारको आगामी कार्यदिशाबारे संसदको संयुक्त सदनलाई सम्वोधन गर्र्दै यी प्रथामिकता बताउनुभएको हो ।
सरकारको अबको कार्यदिशा स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान हुनेछ,ु सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो ।

कोभिड–१९ ले पारेको असर र अर्थतन्त्रमा गम्भीर प्रभाव पारेकाले त्यसलाई पुनरुत्थानका लागि सरकारको प्राथमिकता रहने सरकारको नीति तथा कार्यक्रममा रहेको छ ।

वैदेशिक सहयोगमा कमी आउने आँकलन गर्दै सरकारले आगामी आर्थिक वर्षमा आन्तरिक स्रोत परिचालनलाई प्राथमिकता दिने भएको छ । कोरोनाले गर्दा विश्वका अधिकांश मुलुकहरूको अर्थतन्त्रमा परिमार्जन आउने भएकाले सरकारले अधिकतम आन्तरिक स्रोत परिचालन गर्नेछ,ु नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
कार्यक्रममा स्वदेशी उत्पादनलाई प्रयोग गर विदेशीलाई निरुत्सहित गर भन्ने नारा समेत सरकारले अघि सारेको छ । सरकारले नीति तथा कार्यक्रममा स्नात्तोकोत्तर गरेका विद्यार्थीलाई गाउंमा विकास निर्माणकालागि पठाउने समेत उल्लेख गरेको छ । यस्तो नीति पञ्चायतकालमा स्नातक पछि विद्यार्थीलाई गाउंमा पठाउने गरिन्थ्यो । तर २०३६ सालको जनमत संग्रहपछि यो कार्यक्रम स्थगित भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board