15 May, 2020 5:14 pm


सरकारको नीति तथा कार्यक्रम जनमुखी र परिणाममुखी – राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं, २ जेठ ।   सरकारको नीति तथा कार्यक्रम जनमुखी रहेको राष्ट्रपति विद्यादेवी भण्डारीले बताउनु भएको छ । उहाले सरकारको कार्यक्रमहरु परिणाममुखी रहेको बताउँदै सरकारको दुई बर्षे कार्यकाल उत्साहजनक बताउनुभयो । संघीय संसदमा सरकारको आगामी आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक बनाउन सरकारको कार्यशैली सक्षम बताउनुभयो ।

उहाले राजनीतिक स्थायीत्वले मात्र जनमतको सम्मान हुने बताउनु हुँदै सरकारको सबै काम प्रष्ट देखिन गरि बताउनुभयो । कोभिड १९ नियन्त्रणका लागि सरकारले चालेको कदम सराहनीय रहेको बताउदै उहालेले रोग विरुद्धको संघर्षमा मुलुकमा सबै एकढिक्का हुन पनि आह्वान गर्नुभयो । राष्ट्रपति भण्डारीले बन्दाबन्दीमा मारमा परेकोलाई राहत वितरणमा पनि सरकारले राम्रो भुमिका खेलिरहेको बताउनुभो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board