सरकारले २ वर्षको अवधिमा उत्साहावर्धक उपलब्धि हासिल गरेको छ – राष्ट्रपति भण्डारी

काठमाडौं , २ जेठ । सरकारले भष्टाचार गर्ने जो कोहीले उन्मुक्ति नपाउने कुरा स्थापित गरेको बताउनुभयो ।

उहाले आगामी आर्थिक२०७७/०७८ वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भष्टाचारजन्य कार्य गर्ने जोकोही कारबाहीमा परेको बताउनु भएको हो । उहाले जवाफदेहीविहीन स्थितिको अन्त्य गर्ने प्रयास भएको दावी गर्नुभयो । त्यस्तै, सार्वजनिक सेवा गुणस्तर निरन्तर वृद्धि भएको र सरकारले निरन्तर सुशासन कायम गरेको राष्ट्रपति भण्डारीको भनाइ हरेको छ ।

सरकारले २ वर्षको अवधिमा उत्साहावर्धक उपलब्धि हासिल गरेको दाबी गर्नुभयो । सरकार २ वर्षको छोटो अवधिकामा उत्सहावर्धक उपलब्धि हाँसिल गर्न सफल तथा यस अवधिमा भएका सामाजिक विकास १४ भन्दा बढी विश्व सूचक एवं सूचांकहरूमा नेपालले हासिल गरेको प्रगति नीतिगत प्रभावकारीको परिणाम हो उहाले भन्नुभयो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति