कोभिड १९ कारण शताब्तिको सबैभन्दा ठूलो संकट पैदा – राष्ट्रपति भण्डारी

काठमाडौं, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड १९ कारण शताब्तिको सबैभन्दा ठूलो संकट पैदा भएको बताउनु भएको छ । उहाले आथिर्क वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले अहिलेको स्वास्थ्य सुविधा कोभिड १९ लागि अपर्याप्त रहेको उल्लेख गर्नुभयो ।

उहाले कोभिड १९ को संकट उत्पन्न भएदेखि नेपाल सरकारले स्पष्ट रणनीति भएको बताउँदै त्यसकै कारण नेपालीको जीवनरक्षा भएको समेत बताउनुभयो । भण्डारीले दीगो विकासको लक्ष्यमा व्यवधान आएको बताउनुभयो । राष्ट्रपति भण्डारीले कोरोनासँग लड्न मौजुदा स्वास्थ्य सेवा तथा सुविधा अपर्याप्त रहेको प्रष्ट भएको पनि बताउनुभयो ।

उहाले संसारभरकै स्वास्थ्य सेवा र सुविधामा यसले चुनौति दिएको बताउनुभयो । भण्डारीले कोरोनाका कारण पर्यटन ध्वस्त भएको र उद्योग बन्द व्यवसाय बन्द हुने अवस्थामा पुगेको पनि बताउनुभयो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति