15 May, 2020 2:23 pm


दक्षिण कोरियाका स्टार जुडो खेलाडी आजीवन प्रतिबन्धमा

काठमाडौं, २ जेठ ।   सन् २००८ मा ओलम्पिकमा रजत पदक जितेका दक्षिण कोरियाका स्टार जुडो खेलाडी आजीवन प्रतिबन्धमा परेका छन् ।

दक्षिण कोरियाको राष्ट्रिय खेल संस्थाले एक किशोरी खेलाडीमाथि यौनहिंसा गरेको आरोपमा अहिले प्रशिक्षकको भूमिकामा रहेका वाङ की चुनलाई आजीवन प्रतिबन्ध लगाएको हो ।

उनले बेइजिङ ओलम्पिकको प्रारम्भिक चरणमा करङ भाँच्चिए पनि प्रतिस्पर्धा गर्दै ७३ केजी तौल समूहमा फाइनलसम्म पुगेका थिए । उनी फाइनलमा पराजित भएपछि रजत पदक पाएका थिए ।

किशोरीलाई यौन हिंसा गरेको आरोपमा पक्राउ परेका उनको आरोप प्रपाणित भए जेल पनि बस्नु पर्नेछ । कोरियाको जुडो संघले ३१ वर्षीय वाङको खेल जीवन समाप्त भएको जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board