विराटनगरबाट कोरोनासंक्रमित एक जना डिस्चार्ज

विराटनगर, १ जेठ । कोरोना भाइरसबाट संक्रमित भएका थप एक जना निको भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत २५ वर्षीय जमाती महम्मद अदुबकर सुल्तान निको भएर डिस्चार्ज भएका हुन् । यससँगै प्रदेश १ मा निको हुनेको संख्या १७ पुगेको छ । ५ वैशाखमा उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केमा उनीसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालमा अब १८ जना उपचाररत रहेका छन् । सबैको अवस्था सामान्य छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति