महामारी अन्त्यपछि बेरोजगारलाई रोजगारी उपलब्ध गराइने छः प्रधानमन्त्री


काठमाडौं, १ जेठ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड –१९) को सामना गर्न नेपाली युवा एवं विद्यार्थीलाई आह्वान गर्नुभएको छ । एकतीसौँ युवा दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले नेपाललाई अविकासबाट विकासतिर, पछौटेपनबाट समृद्धितिर, गरीबीबाट सम्पन्नतातिर र परनिर्भरताबाट आत्मनिर्भरतातिर लैजाने संकल्पमा युवाको रचनात्मक सहभागिता हुने आशा व्यक्त गर्नुभएको छ ।

तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घका संस्थापक अध्यक्ष ओलीले युवाले देशभक्ति, समानता, न्याय, सामाजिक सुरक्षा तथा सम्मानित जीवनसहितको आत्मनिर्भरताबाट राष्ट्र निर्माणमा योगदान हुने अपेक्षा पनि गर्नुभएको छ ।

कोरोना महामारीपछि सिर्जना हुने सम्भावित बेरोजगारको पङ्क्तिलाई रोजगारी उपलब्ध गराउने उपायको खोजीमा सरकार रहेको बताउँदै सन्देशमा प्रधानमन्त्रीले भन्नुभएको छ ,“अहिले हामी रोजगारी र शिक्षाको अवसरका लागि विदेशिएका युवालाई स्वदेशमै रोजगारी र व्यवसायको अवसरको सिर्जना गर्न अग्रसर छौँ ।” विसं २०२२ जेठ १ गते अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र २०४७ साल जेठ १ गते तत्कालीन प्ररायुसङ्घ स्थापना भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति