आज सांझ सम्ममा ६ सय बढी नेपाली नेपाल भित्रंदै, ५ सय भारतीय भारत पठाईंदै

नेपालगन्ज, १ जेठ । नेपालगन्जको जमुनाहा सिमा पारीको नानापारा, बहराईच र रुपैडियाका बिभिन्न क्वारेन्टाईनमा रहेका नेपालीलाई नेपाल भित्राउन थालिएको जिल्ला प्रशासन कार्यालय बांकेले जनाएको छ । छोटी भन्सार र चोरीबाटोबाट धमाधम नेपालीहरु नेपाल पस्न थाले पछि बांके प्रशासनले सिमा पारी रहेका नेपालीलाई मुलबाटोबाटै नेपाल ल्याउने भएको हो ।

भारतमा रहेका ७ सय बढी नेपाल भित्राईंदा नेपालका बिभिन्न क्वारेन्टाईनमा रहेका भारतीयलाई पनि भारत पठाउने तयारी भएको बांकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताउनु भयो । नेपालबाट भारत पठाउने र भारतबाट नेपाल ल्याउनेकाम संगसंगै हुने उहांले बताउनु भयो । सहायक प्रमुख जिल्ला अधिकारी प्याकरेलका अनुसार नेपालबाट भारत पठाउन लागिएको भारतीयहरुमा १ सय ५० बांकेको हवल्दारपुर स्थित राम माबी र महेन्द्र बहुमुखी क्याम्पस क्वारेन्टाईनमा बसेका हुन् भने झण्डै ५ सय भारतीयहरु बिभिन्न बेलामा नाता सम्बन्ध भेट्न आएका र काम बिशेषले नेपाल आएर बसेकाहरु हुन् ।

भारतबाट नेपाल ल्याईने नेपालीहरुलाई आज महेन्द्र बहुमुखी क्याम्पसको क्यारेन्टाईनमा राखेर सबैको आडिटी परिक्षण पश्चात सम्बन्धीत जिल्लामा पठाईने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सम्बन्धित जिल्लामा उनीहरुलाई स्थानीयतहले क्यारेन्टाईनमा राख्ने ब्यवस्था मिलाउने प्याकेरेलले जानकारी दिनु भयो ।

लकडाउन घोषणा भएपछि मात्र नेपाल भारत सिमाको जमुनाहा नाकाबाट ४ हजार बढी नेपालीहरु मुलनाका र चोरीबाटो हुंदै नेपाल भित्रिएको आंकलन गरिएको छ । पहिलो पटकनै नेपाल भित्राईएका नेपालीहरुलाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राख्नखोज्दा ६ सय बढीको संख्यामा पर्खाल नाघेर भागेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति