२२ जिल्लाका २४६ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति सूचिसहित

काठमाडौं, १ जेठ ।    नेपालमा हालसम्म २२ जिल्लामा कोरोना संक्रमित भेटिएको छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न २२ जिल्लामा गरी २ सय ४६ जना कोरोना संक्रमित भेटिएका हुन्।

बिहीबार ३ जनामा कोरोना भाइरस भेटिएको पुष्टि भएपछि संक्रमितको संख्या २ सय ४६ पुगेको हो। बिहीबार काठमाडौंमा १ जना, कपिलवस्तुमा १ र नवलपरासी एक जना संक्रमित देखिएका हुन्।

हालसम्म सबैभन्दा बढी पर्सा जिल्लामा ८५ जना कोरोना संक्रमित भेटिएका छन्। उदयपुरमा ३२ संक्रमित भेटिएका छन् भने कपिलवस्तु जिल्लामा ३० जनामा कोरोना संक्रमण भेटिएको छ। रुपन्देहीमा १६ संक्रमित पुगेका छन्।

मन्त्रालयका अनुसार काठमाडौंमा ६, धादिङमा १, बाग्लुङमा २, बारामा ३, रौतहटमा ३, धनुषा ३, सप्तरी १, सर्लाही २, भोजपुर १, बाँके २५, बर्दिया १, कञ्चनपुर १, कैलाली ४, चितवन २ र झापामा २ जनामा संक्रमण देखिएको छ।

नेपालमा कोरोना संक्रमित भेटिएकामध्ये हालसम्म ३५ जना उपचार पछि निको भएर डिस्चार्ज भएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति