१३ जुनदेखि इटालियन सिरी ए सुरु गर्ने तयारी

काठमाडौं, १ जेठ । सिरि ए फुटबल जुनको दोस्रो साता पुन सुरु गर्ने तयारी गरिएको छ । सरकारले अनुमती दिएको खण्डमा सिरि ए जुनको १३ गतेबाट सुरु गर्ने तयारी गरिएको हो । भिडियो कन्फ्रेन्समार्फत लिगको साधारणसभाले सरकारी निर्णय र मेडिकल प्रोटोकलका आधारमा लिग पुन सुरु हुने मितिलाई अनुमती प्रदान गरेको हो । शीर्ष डिभिजनका क्लबहरु मेको सुरुवातबाट अभ्यासमा रहेका छन् ।

खेलाडीहरु ब्यक्तिगत रुपमा अभ्यास गरिरहेका छन् । सिरि ए फुटबल मार्च ९ बाट अनिश्चित समयका लागि स्थगित गरिएको थियो । लिगका १२ चरणका खेलहरु अझै बा“की रहेका छन् । युभेन्ट्स लगातार नवौं पटक उपाधि रक्षाका लागि अगाडी देखिएको छ । क्लबहरुको सामुहिक अभ्यास सोमबारबाट सुरु हुनेछ । ईटाली कोरोनाका कारण धेरै प्रभावित हुने मुलुकमा पर्छ । कोरोनाकै कारण धेरै खेलाडी समेत प्रभावित बनेका थिए

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति