नारायणी अस्पतालमा कार्यरत नर्सलाई कोरोना संक्रमण

वीरगञ्ज, ३१ बैशाख । वीरगञ्जस्थित नाराणी अस्पतालमा कार्यरत एक जना नर्समा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।

अस्पतालमा कायर्यरत एक स्वास्थ्यकर्मीका अनुसार ३६ वर्षीय नर्सलाई कोरोना भाइरसको संक्रमण देखिएको हो। संक्रमण देखिएको नर्सको अवस्था सामान्य छ। उनमा हालसम्म कुनै पनि लक्षण पनि देखिएको छैन। यसअघि उनी संक्रमितको उपचारमा सक्रिय थिइन्।

अस्पतालमा हाल ७० जना कोरोना भाइरस संक्रमितको उपचार भइरहेको छ। उपचाररत सबैको अवस्था सामान्य रहेको बताइएको छ।

बुधबार ती नर्ससहित नेपालमा २६ जनामा कोरोना संक्रमण देखिएको छ।

नेपालमा स्वास्थ्यकर्मीलाई कोरोना देखिएको यो दोस्रो हो। यसअघि तौलिहवामा कार्यरत एक नर्समा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। उनको अवस्था पनि सामान्य छ।

नेपालमा हालसम्म २४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमण देखिएकामध्ये हालसम्म ३५ जना उपचारपछि निको भइसकेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति