नेपालमा पहिलोपटक डिउटी रहेका ३ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण

कपिलवस्तु, ३१ बैशाख । कपिलवस्तुमा थपिएको नयाँ ८ संक्रमित मध्ये ३ जना सुरक्षाकर्मीलाई कोरोना भएको पुष्टी भएको छ ।

कृष्णनगरमा लिंक गेट र बजारमा डियुटीमा खटिएका ३ जनामा कोरोना भएको हो ।

प्रहरी स्रोत अनुसार राष्ट्रिय अनुसंधानका असई तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सई गरी ३ जनालाई कोरोना देखिएको हो । ८ मध्ये ५ जना पहाडी मुलका रहेको प्रहरीले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरको विज्ञप्तीमा कपिलवस्तुका ८ जनामा कोरोना पुष्टि भएको हो । त्यसै मध्ये ३ जना सुरक्षाकर्मी समेत रहेका छन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति