13 May, 2020 6:54 pm


चीनले दियो नेपाली सेनालाई स्वास्थ्य सामग्री

काठमाडौं, ३१ बैशाख । चिनियाँ जनमुक्ति सेनाको एयर फोर्सको विमान मेडिकल समाग्री लिएर नेपाल आइपुगेको छ। मेडिकल समाग्री लिएर आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विहान ९ बजे अवतरण गरेको थियो।

चीनको छेन्दुबाट आएको चिनियाँ सेनाको विमानले ४।५ टन स्वास्थ्य सामग्री ल्याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । ती स्वास्थ्य सामग्रीमा सर्जिकल मास्क, पिपिइ, पञ्जा, बुट, थर्मलथनलगायत रहेका छन्। विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले चिनियाँ सेनाको जहाजले नेपाली सेनाका लागि स्वास्थ्य सामग्री ल्याएर फर्किएको जानकारी दिनुभयो ।

चीन सरकारले यसअघि पनि नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो । अहिले चीनको बेइजिङ, ग्वान्जाओ, चाङ्सालगायत गन्तव्यबाट नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानीको हिमालय एयरलाइन्सले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याइरहेका छन् ।

जङ्गी अड्डामा भएको संक्षिप्त कार्यक्रममा राजदूत हउले कोभिड–१९ को महामारीविरुद्धको नेपाल सरकारको लडाइँमा सहयोग गर्नु मित्रराष्ट्रका हैसियतले आफ्नो मुलुकको दायित्व भएको बताउनुभयो । कठिन परिस्थितिमा नेपाली सेनालाई स्वास्थ्य सामग्री उपलब्ध गराएकामा प्रधानसेनापति थापाले चीन सरकारप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board