चन्द्रागिरि–९ मा संक्रमित देखिएपछि तरकारी विक्री वितरणमा रोक

काठमाडौं, ३१ बैशाख । चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँमा एक जना महिला संक्रमित भेटिएपछि थप कडाइ गरिएको छ। बुधबार बसेको वडाको आकस्मिक बैठकले सार्वजनिक स्थलमा तरकारी विक्री वितरण, अन्य गाडीमार्फत् तरकारीफलफूल विक्री वितरण तथा निर्माण सामग्री ढुवानीमा समेत रोक लगाउने निर्णय गरेको हो।

यसका साथै, बैठकले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन अनुरोध गरेको छ। बाहिरै निस्कनु परे मास्क लगाएर मात्र हिँड्डुल गर्न वडाले आग्रह गरेको छ। मंगलबार काठमाडौं र भक्तपुरका तीन जनासहित ८३ जना कोरोना संक्रमित भेटिएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति