काठमाडौं, ३१ बैशाख । बुधबार थप एक जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ। धुलिखेल अस्पतालमा गरिएको परीक्षणअनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरूषमा कोरोना पुष्टि भएको हो।
नयाँ थपिएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताए। पुगेको केहिवेर अघि कपिलवस्तु नगरपालिका ५ मा २२ वषिया युवकमा कोरोना संक्रमणक भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिउँसो दिएको जानकारीअनुसार अब कोरोना संक्रमितको संख्या दुई सय २१ पुगेको छ।
COMMENTS