काठमाडौँ, ३१ बैशाख । कालापानी नजिकै दार्चुलाको छांगरु क्षेत्रमा सशस्त्र प्रहरी बलको फौज राख्न बुधबार नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट उडेको छ ।
पहिलो चरणमा काठमाडौँबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीको टोली लिएर हेलिकप्टर छाङरु उडेको हो ।
छाङरुमा सशस्त्र प्रहरी बलको सिमा सुरक्षा चेकपोस्ट (बिओपी) स्थापनाको गर्ने तयारी रहेको गृह मन्त्रालय श्रोतए बताएको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा मन्त्रालयले छांगरु क्षेत्रमा सशस्त्र प्रहरी बलको फौज राख्ने निर्णय गरेको थियो ।
उनीहरुले सीमा रक्षा गर्नुका साथै अपराध नियन्त्रणमा भूमिका खेल्नेछन् । कालापानीबाट १० किलोमिटरको दुरीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट राख्न लागिएको हो ।
COMMENTS