कोरोना संक्रमित बढी हुने देशको सूचीमा रुस तेस्रो स्थानमा

काठमाडौं, ३१ बैशाख । महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमितको संख्या रुसमा २ लाख ३२ हजारभन्दा बढी पुगेको छ ।
यससँगै रुस कोरोनाबाट सबैभन्दा बढी प्रभावित देशहरुको सूचीको तेस्रो स्थानमा पुगेको छ । पहिलो स्थानमा अमेरिका छ । लगातार दसौं दिन रुसमा नयाँ संक्रमित १० हजारभन्दा धेरैले थपिएका छन् ।

गत २४ घण्टामा १० हजार ८ सय ९९ नयाँ संक्रमित थपिएका छन् । यससँगै रुसमा कूल संक्रमितको संख्या २ लाख ३२ हजार २ सय ४३ पुगेको छ । यद्यपि रुसमा हालसम्म २ हजार १ सय १६ जनाको मात्र मृत्यु भएको छ । स्थानीय मिडिया रिपोर्टस्का अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोवमा पनि कोरोना पोजेटिभ छ । संक्रमितको संख्या बढिरहेको बेला पुटिन सरकारले मंगलबारदेखि लकडाउन खुकुलो बनाएको छ । कारखाना, कन्स्ट्रक्सन साइटमा अनुमति पाएपछि धेरै ठाउँमा काम पनि सुरु भइसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति