मान्छे नै रहेन भने आर्थिक गतिविधि खुला गरेर के हुन्छ – प्रधानमन्त्री

 

काठमाडौं , ३० वैशाख– सरकारले उद्योग धन्दा खोल्न दिने निर्णय फिर्तां लिने भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लकडाउनमा थप कडाई गर्ने भएको हो । एक मन्त्रीका अनुसार त्यसबारे भोलि (बुधबार) सम्म सरकारका तर्फबाट केही निर्णय आउने छ ।

‘खुकुलो पार्दा महामारी अनियन्त्रित रुपमा बढ्ने खतरा देखियो’, ‘उद्योग खोल्न दिने निर्णय फिर्ता हुन्छ मन्त्रीले भन्नुभयो ।’ मन्त्रीका अनुसार प्रधानमन्त्री केपी ओली मंगलबारको बैठकमा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेल र सदस्य रहेका मन्त्रीहरुसँग कडारुपमा प्रस्तुत हुनुभएको थियो ।

‘तपाईंहरुले खुकुलो पारौं भन्नु भयो । यो भावनामा डुबेर निर्णय गर्ने बेला होइन’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भन्नुभयो , ‘मान्छे नै रहेन भने आर्थिक गतिविधि खुला गरेर के हुन्छ ? पहिला मान्छे बाँच्नुपर्छ ।’ मन्त्रिपरिषदले शुक्रबारदेखि ४४ प्रकारका उद्योग खोल्न अनुमति दिएको थियो ।

यस्तै सरकारी कार्यालयहरुमा एक तिहाई कर्मचारीलाई हाजिर गराइएको छ । सोही कारण काठमाडौं उपत्यकाका सडकमा लकडाउनमा समेत ट्राफिक जाम भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति