काठमाडौंमा बस्ने बारपाक सुलिकोट गाउँपालीकाका नागरिकलाई राहत वितरण

काठमाडौँ, ३०  वैशाख। गोरखा बारपाक सुलिकोट गाउँपालिकाका काठमाडौमा विभिन्न पेशा व्यवसाय गर्ने नागरिकलाई गाउपालीकाले राहत वितरण गरेको छ । गोरखा बारपाक सुलिकोट गाउँपालीकाबाट काठमाडौमा पढ्ने बिधार्थी तथा मजदुरी गर्नुहुने समस्या परेकोहरूलाई र कोही गोरखाका नागरिकहरू भोक बस्न नपरोस भन्ने उदेश्यले राहत वितरण गरिएको हो ।

बारपाक सुलिकोट गाउँपालीकाको अध्यक्ष बिष्णु भट्ट को अनुरोधमा बारपाक सुलिकोटबाट काठमाडौं बस्नुहुने समाजसेवी राजनितिक केही युवाहरू मिलेर ब्यक्तिगतरूपमा पैसा उठाएर र केही साथीहरू संग सहयोग मागेर र चैत २८ गतेदेखि राहत वितरण गरेको युवा समाजेवी धिरज उपरकोटीले बताउनुभयो । उहका अनुसार एक परिवारलाई एक बोरा चामल जिरा मसिना २५ केजीको र ठुलो परिवारलाई दुई बोरा चामल तथा कोहीलाई ३० केजी को चामल, दुई किलो दाल, एक लिटर तेल, नुन, सोयावीन, कुनै परिवारलाई चिउरा सहित घरदैलोमै पुगेर वितरण गरिएको छ ।

सवारी साधनमै खाध्यन सामग्रीबोकेर चैत्र २८ गतेदेखी निरन्तररुपमा वितरण गरिएदै आएको समाजसेवी उपरकोटीले बताउनुभयो । चैत्र २८ गतेदेखि दैनिकी बैशाख ३० गते सम्म निरन्तर राहत वितरण गर्दै आएका छौं , गोरखा जिल्लाका अन्य गाउँपालीका निकै समस्या परेको परिवार, र गोरखा बाहेक नुवाकोट, जाजरकोट, खोटाङ, सिन्धुपाल्चोक, सिन्धुली, जुम्ला, रुकुम, मुगु ,पर्वत, आदि लगायतका जिल्लाका समस्या परेको परिवारलाई हरूलाई राहत खाद्यन्न सयोग गर्दै आएको छौ उहाले भन्नुभयो ।

साथै जनयुद्धका घाईते परिवार हरूलाई समेत सहयोग गरेको र बैशाख ३० गते सम्म ३ सय भन्दा बढी परिवारलाई खाद्यान्न सयोग गरिएको छ । राहत वितरण टोलिमा अनुप श्रेष्ठ, धिरज उपरकोटी, बिकास गुरुङ, सागर बरामको टोलीले चैतको २८ गते देखि दैनिकी निरन्तर गाडी लिएर सबैको डेरामा राहत सहित होम डेलिभरी गर्दै आएको टोलीका अनुप श्रेष्ठले बताउनुभयो ।

हाम्रो चाहना भनेको आफ्नो बारपाक सुलिकोट गाउँपालीकाबाट काठमाडौं आई पढ्ने बिधार्थी मजदुरी गर्नुहुने र अन्य पेशा व्यवसायगरी बस्नुहुने जोकोही पनि भोकै बस्न नपरोस भनेर यो अभियान चलाएको युवा नेता तथा समाजसेवी धिरज उपरकोटीले बताउनुभयो । काठमाडौंमा मनमैजु, गगंबु, भक्तपुर, ललितपुर, कलंकि, बालुवाटार, कपन, बुढानिलकण्ठ, हात्तीगौडा, बानियटार, रानिबन, नयाँबजार, असन,किर्तीपुर, पाटन, गोलढुङा लगाएत धेरै ठाउँहरूमा राहत वितरण गरेको समाजसेवी उपरकोटीले जानकारी दिनुभयो ।

उहाले हामीले सबैलाई एक बोरा चामल तेल नुन चिउरा दुई किलो दाल सोयावीन सहित बितरण गर्दै आएको छौ, हामीले राहत लिने हरूको फोटो सार्वजनिक गरेका गरिएको छैन र नाम पनि सार्बजनिक गरिएको छैन हामीले आन्तरिक रूपमा डाटा राखिएको छौ र फोटो पनि राखेको छौ र राहत वितरण गरेका छौ । यसरी लकडाउनले गर्दा समस्यामा परेका आफ्नो तथा अन्य जिल्लाका मानिहरुलाई सेवा गर्न पाउदा खुशिलागेको समाजसेवी धिरज उपरकोटी बताउछन् । यो लकडाउनको समयमा यो महामारीमा कोही पनि भोकै वस्नु नपरोस भन्ने उदेश्यले एउटा सानो टीम बनाएर राहत स्वरुप खाध्यन वितरण गरेको उपरकोटीले बताउनुभयो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति