बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू

काठमाडौँ, ३०  वैशाख।  बालुवाटारमा नीति तथा कार्यक्रमबारे छलफल गर्न मन्त्रिपरिषदको बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा यस वर्षको नीति तथा कार्यक्रमको विषयमा छलफल हुने बताइएको छ।

सरकारले जेठ २ गते नीति तथा कार्यक्रम पेश गर्ने तयारी गरेको छ। मन्त्रिपरिषद बैठक बस्ने नियमति समय सोमबार हो। तर हिजो बैठक नबसेकाले आज बैठक बोलाइएको हो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति