12 May, 2020 9:42 am


बेलायत सरकारले जुनसम्म कुनै पनि खेल गतिविधि नगर्न निर्देशन

काठमाडौं, ३० बैशाख । नोबेल कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण बेलायतमा दुई महिनादेखि रोकिएका खेलकुदका गतिविधि जुन महिनासम्म नहुने भएका छन् । प्रिमियर लिगदेखि व्यवसायिक लिगहरु शूरु गर्ने बारे बहस भइरहँदा बेलायत सरकारले जुनसम्म कुनै पनि खेल गतिविधि नगर्न निर्देशन दिएको हो ।

बेलायत सरकारले ५० पेज लामो लकडाउनलाई व्यवस्थापन गर्ने बारे तयार पारेको निर्देशीकामा जुन १ अगाडि खेल गतिविधि गर्न नसकिने उल्लखे गरेको छ । अहिलेको अवस्थामा खेल गतिविधि संचालन गर्न नसकिने प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन् । योसँगै प्रिमियर लिग जुन १ अगाडि हुने सम्भावना पनि टरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board