12 May, 2020 9:11 am


न्युयोर्कमा सामाजिक दुरीको नियम नमान्ने ३७४ जनालाई टिकट, अधिकांश अश्वेत र हिस्पानिक

न्युयोर्क,  ३० बैशाख । न्युयोर्क सिटीमा सामाजिक दुरीको नियम नमान्ने ३७४ जनालाई टिकट दिइएको छ । मार्च १६ देखि मे ५ सम्मको ४२ दिनको अवधिमा सामाजिक दुरीको नियम उल्लंघन गर्ने उनीहरुलाई न्युयोर्क प्रहरीले टिकट दिएको हो ।

टिकट दिइएकामध्ये १९३ जना अश्वेत र १११ जना हिस्पानिक रहेको जनाइएको छ । अर्थात् टिकट पाउनेहरुमध्ये ८१ प्रतिशत हिस्पानिक र अश्वेतहरु रहेका छन् ।

६ हप्ताको अवधिमा न्युयोर्कसिटीमा १७ वटा जमघटको आयोजना गरिएको र त्यसमा सहभागी १६३ जनालाई टिकट दिइएको छ । बु्रकलिनमा जम्मा २०६ जनालाई टिकट दिइएकोमा १२१ जना १२ वटा जमघटमा सहभागी हुनेहरु थिए । ब्रोक्समा ९९ जनालाई टिकट दिइएकोमा ४२ जना पाँचवटा जमघटमा सहभागी हुनेहरु थिए ।

ब्रोंक्स डिस्ट्रिक्ट एटोर्नी अफिसका अनुशार उनीहरुसँग सामाजिक दुरीको नियम नमानेका कारण पक्राउ परकोहरुका १० वटा केसहरु रहेका छन् । त्यस्तै क्वीन्स डिस्ट्रिक्ट एटोर्नी अफिसका अनुशार सामाजिक दुरीको नियम उल्लंघन गरेवापत पक्राउ परेका २० जनामध्ये १६ जना अश्वेत र हिस्पानिक, २ जना एसियन र २ जना श्वेत रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board