कोरोना महामारीका कारण अमेरिकामा ठूलो असर : ३. ३ करोड मानिस बेरोजगार

काठमाडौं, ३० बैशाख । अमेरिकामा कोरोना भाइरसको महामारीका कारण ३.३ करोड मानिस बेराजगार भएका छन् । पछिल्लो हप्ताको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमण सुरु भएपछि अमेरिकामा ३.३ करोड मानिस बेरोजगार भएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सम्बोधनमा अमेरिकी अर्थव्यवस्था अर्को वर्ष अझ राम्रो स्थितिमा पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले आउने वर्ष बजारमा माग एकदमै बढि हुने भन्दै आउँदो वर्ष उत्तम साबित हुने बताएका छन् ।

संसारभरकै अर्थव्यवस्था खस्किए जस्तै अमेरिकाको अर्थतन्त्रमा पनि कोरोनाको महामारीका कारण ठूलो असर परेको छ । अमेरिकामा मात्रै १३ लाख भन्दा धेरैमा कोरोनाको संक्रमण देखिए पछि अमेरिकाले आफ्नो सम्पूर्ण ध्यान संक्रमणको जोखिम कम गर्नतर्फ केन्द्रित गरेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरसलाई लुकको शत्रुको संज्ञा दिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति