काठमाडौं, ३० बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई लुकको शत्रुको संज्ञा दिएका छन् । ट्रम्पले आफ्नो संबोधनमा कोरोना भाइरसलाई यो लुकेको शत्रु हो, हामीले यो याद गर्नुपर्छ भनेका छन् । ह्वाइट हाउसका एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि उनले यसो भनेका हुन् ।
ट्रम्पले अमेरिकाले प्रत्येक दिन ५० हजार देखि ३ लाख जनामा कोरोनाको परीक्षण गरेको बताएका छन् । अमेरिकामा सोमबारसम्म ९० लाख जनामा कोरोना परीक्षण गरिएको छ । अमेरिकामा हालसम्म १३ लाखभन्दा धेरैमा कोरोना पुष्टि भइसकेको छ ।
COMMENTS